काठमाण्डौँ, २३ कार्तिक । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न खुलेआम पैशा वितरण गर्न थालेका छन् ।
उम्मेद्वारहरुले निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न मतदातालाई पैशा वितरण गर्न थालेका हुन् । डोटीमा नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार प्रेमबहादुर आलेले प्रचार प्रसारका क्रममा एक महिलालाई खुलेआम रकम दिएका थिए । पूर्वसांसद समेत रहेका आलेले डोटीको पूर्वीचौकी गाउँपालिकामा चुनावी कार्यक्रममा नै सानागाउँकी चन्नरीदेवी भण्डारीलाई ११ हजार पाँच रुपैयाँ नगद दिएका थिए । उनले रकम वितरणको तस्विर समेत खिचाएका थिए ।
रकम वितरण गरेको तस्विर सार्वजनिक भएपछि निर्वाचन आयोगले आलेसँग २४ घण्टे स्पष्टिकरण मागेको छ । आयोगले मतदातालाई रकम वितरण गर्नु निर्वाचन आचारसंहिता विपरित भएको भन्दै उम्मेद्वारी रद्द किन नगर्ने भन्ने प्रश्नसहित स्पष्टिकरुण मागेको हो ।