देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवा प्यानलको मनोनयन दर्ता, महामन्त्रीमा प्रशकाशशरण महत र प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल छन् । पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन् ।

संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ । जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);