अधिकारको लागि मधेसी जनताले कांग्रेसलाई जिताउनुपर्छः प्रधान मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

जनकपुर, २२ कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको हक अधिकारको सुनिश्चतताको लागि नेपाली कांग्रेसलाई जिताउनपर्ने बताएका छन्।

कांग्रेसले मात्रै मधेसी जनताको हक अधिकार दिलाउने भएको भन्दै अधिकार पाउनकै लागि भनेपनि कांग्रेसको जित आवश्यक रहेको उनले बताएका हुन्।

धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले आफूले मधेसी जनताको अधिकारको लागि संविधान संसोधनको प्रस्ताव संसदमा पेस गरेको भएपनि एमाले र माओवादीले सहमत नगरेको कारण पारित नभएको खुलासा समेत प्रष्टाएका छन्।

मधेसी जनताको अधिकार संविधानमै सुनिश्चित गर्नको लागि कांग्रेस तत्पर रहेको तर वामपन्थी नेताहरु भने विपक्ष भएको बताएका छन्।कार्यक्रममा बोल्दै देउवाले जनताको अधिकार र संविधानको कार्यान्वयनको लागि हुन लागेको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने निर्देशन दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);