एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठले केन्द्रय सदस्य पदमा उम्मेदवारी दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठले केन्द्रय सदस्य पदमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले १० औं माहाधिवेशनमा केन्द्रीय सदस्य पदममा उम्मेदवारी दिने भएका छन् । शुक्रबार देखी चितवनमा सुरु भएको महाधिवेशनको द्रोस्रो दिन श्रेष्ठले आफुले आदिवासी जनजातीकोटामा केन्द्रीय सदस्य पदको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

दुई कार्यकाल म्याग्दी एमालेको नेतृत्वगरी पार्टीलाई संविधानसभा, प्रतिनिधिसभा र प्रदेश सभामा जिताउन सफल श्रेष्ठले म्याग्दीलाई एमालेको लाल किल्लाको रुपमा चिनाउन सफल भएका छन् ।

शान्त, सरल र निष्ठाको राजनिती गर्ने श्रेष्ठ एमाले भित्रको कुनै पनि गुटमा सक्रिय रहेका छैनन् । तर नेकपा हुदाँ र एमालेमा पछिल्लो समयमा आएको विवादका बेलामा भने ओलि समुहमा नै रहेर एमाले म्याग्दीलाई हुन सक्ने सम्भावित क्षेती न्युनिकरणका लागि उनले महत्वपुर्ण कार्य गरेकाथिए । जसको कारण अहिले म्याग्दीमा एमालेमा फुटले कुनै पनि असर गर्ने अवस्थामा नरहेको भनेर पनि विश्लेषण हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);