प्रदेश ७ मा १० जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रदेश ७ मा १० जनाको उम्मेदवारी दर्ता

मेहन पनेरु
दिपायल, १० माघ । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ७ बाट १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको तर्फबाट खुला सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले उमेदवारी दर्ता गराए ।

महिलातर्फ नेपाल शिक्षक संघ कञ्चनपुरकी पूर्व अध्यक्ष तारादेवी भट्ट, दलिततर्फ पार्टीका पूर्व महाधिवेशन प्रतिनिधि शेरीराम पार्की र अपाङ्गता–अल्पसंख्यकबाट पूर्व महाधिवेशन प्रतिनिधि छत्रराज जोशीले उम्मेदवारी दर्ता गराए ।

त्यस्तै, एमालेबाट खुलामा एक, महिला दुई र दलितमा एकको उम्मेवारी परेको छ । खुलामा पूर्व संविधान सभा सदस्य तथा नेकपा एमाले अछाम जिल्ला अध्यक्ष शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एमाले केन्द्रीय सहरी विकास विभाग सदस्य ईन्दु कडरिया र कैलाली जिल्ला कमिटी सदस्य कमला ओलीले उम्मेद्वारी दिएका छन् । दलिततर्फ नेकपा एमाले महाकाली अञ्चल कमिटी पूर्व सदस्य चक्र प्रसाद स्नेहीले उम्मेदवारी दर्ता गराएका छन्  ।

माओवादी केन्द्रको तर्फबाट खुला सदस्यमा पार्टीका कैलाली जिल्ला ईन्चार्ज हरिराम चौधरी ‘उत्सव’ र अपाङ्ग–अल्पसंख्यकको तर्फबाट पार्टीका केन्द्रीय सदस्य महेशकुमार महराले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य पाण्डे कांग्रेस नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगे । यस्तै, एमाले उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्ट वाम गठबन्धनको जुलुश लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । तीन खुला, तीन महिला, एक दलित र एक अल्पसंख्यक गरी आठ जना राष्ट्रिय सभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);