एमाले गण्डकीमा नेतृत्व छान्न आज मतदान हुँदै,कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एमाले गण्डकीमा नेतृत्व छान्न आज मतदान हुँदै,कसले मार्ला बाजी ?

काठमाडौं, १८ असोज । सत्तारुढ दल नेकपा (एमाले) गण्डकीमा नेतृत्व छान्न आज मतदान हुँदैछ । पोखरामा जारी अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधि रहेका छन् ।

सर्वसम्मतीको प्रयास असफल भएपछि बुधबार बिहान उम्मेदवारी दर्ताको समय तोकिएको हो ।

मतदानमा भोटिङ मेसिनको प्रयोग गरेर चुनाव हुने चुनाव निर्वाचन समितिले जनाएको छ । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।

निर्वाचन समितिको अनुसार ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी परेको छ । कुल ३ सय ८२ जनाको उम्मेदवारी परेको बताइएको छ ।

नेतृत्वका लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीले प्यानल सहित मनोनयन दर्ता गरेका छन् । एमाले गण्डकी प्रदेशको आगामी नेतृत्वका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको छुट्टछुट्टै प्यानल खडा भएको छ।

गुरूङले अध्यक्षमा म्याग्दीका शर्मालाई अघि सारेका छन् । उनी निवर्तमान अध्यक्ष पनि हुन्। अधिकारीले मायानाथ अधिकारीलाई समर्थन गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);