दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

दुवै सदनको बैठक बस्दै

काठमाडौं,१८ असोज । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले विद्युत विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्ने । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० पेस गर्ने, सभामुखले पूर्व प्रतिनिधि सभा सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा शोक प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply