दुवै सदनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दुवै सदनको बैठक बस्दै

काठमाडौं,११ फागुन । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नुहुने, सभामुखले प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राख्नुभएको बिरोधको सूचनालाई निर्णयार्थ प्रश्तुत गर्नुहुने, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

त्यस्तै १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानून, २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्ने सम्बन्धी संकल्प प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सभा समक्ष पेस गर्नुहुने, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने र विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);