प्रचण्डले आज नेताहरुले उठाएको प्रश्नको जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रचण्डले आज नेताहरुले उठाएको प्रश्नको जवाफ दिने

काठमाडौं,११ फागुन । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम छ ।

उत्कृष्ट र काम नगर्ने तीन÷तीन जनाको नाम सार्वजनिक हुनेछ ।

साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताउनु भयो । बैठक बिहीवारदेखि बसेको हो ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);