कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त

१० माघ कैलाली । सुदूरपश्चिमकै क्षेत्रको सबैभन्दा बढी सवारीको चाप रहेको कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त भएको छ । बसपार्क भित्रका खाल्डा खुल्डीहरुको सामान्य मर्मत समेत हुन नसक्दा बसहरु पार्किङमा समस्या र होटल व्यवसाय गर्न ब्यापारीको ब्यापार समेत चौपट भएको छ । बार्षिक ५१ लाख भाडा अशुल्ने धनगढी उपमाहनगरपालिकाले भने प्रत्येक बर्ष मर्मत सम्भार भईरहेको जनाएको छ ।

कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त

श्रवण देउवा

१० माघ कैलाली । सुदूरपश्चिमकै क्षेत्रको सबैभन्दा बढी सवारीको चाप रहेको कैलालीको धनगढी बसपार्क आवश्यक मर्मत सम्भार नहुदा अस्तव्यस्त भएको छ । बसपार्क भित्रका खाल्डा खुल्डीहरुको सामान्य मर्मत समेत हुन नसक्दा बसहरु पार्किङमा समस्या र होटल व्यवसाय गर्न ब्यापारीको ब्यापार समेत चौपट भएको छ । बार्षिक ५१ लाख भाडा अशुल्ने धनगढी उपमाहनगरपालिकाले भने प्रत्येक बर्ष मर्मत सम्भार भईरहेको जनाएको छ । धनगढी नगरको मुख्य भागमा रहेको बसपार्कको पुरै पीच भत्किएको छ, भने बसपार्क वरिपरि निर्माण सामाग्रि राखिएपछि यातायतका साधन पर्किङमा समस्या भएको बस चालकहरुले बताएका छन् ।

साघुरो गरी निमार्ण गरिएको बसपार्कको दुबै तर्फका प्रबेश निकासद्धारमा मोटरसाईकलहरु पार्किङ हुने र व्यापारीहरुले पनि सरसामान सडक छेउमै राख्ने गरेका कारण बसहरु छिर्न समेत समस्या भैरहेको चालक धन बहादुर विष्टले वताउनुभयो । अहिले झण्डै ६ सय ओटा बसहरु सुदूरपश्चिम यातायातकै मात्रै सो बसपार्कबाट चल्दै आएका छन् । ति मध्ये अन्य क्षेत्रबाट आएका बसहरु पनि धनगढी बसपार्कमा दिनहु ६० देखी ७० ओटा बसहरु पार्किङ हुने गरेका छन । दैनिक जस्तो बर्सपाकमा उड्ने धुलो, धुवाँ र हिलोका कारण ब्यवसायमा समेत असर भएको होटल ब्यवसायी दिल बहादुर मल्लले वताउनुभयो ।

बिभिन्न स्थानबाट आएका मानिसहरु सबैभन्दा पहिले बसपार्कमा ओर्लने भएकोले उनिहरुको नजर सबैभन्दा पहिले बसपार्कको अवस्थाप्रति देख्दा सुदूरपश्चिम प्रति हेर्ने दृष्टीकोण नै नराम्रो हुन्छ । जसले गर्दा बर्सपाक जस्तो स्थानलाई सफा राख्नु पर्न स्थानिय केशव वडुवालको भनाई छ ।

धनगढी बसपार्कको स्वामित्व रहेको धनगढी उपमहानगरपालिका कार्यालयले भने बेला बखत मर्मत गरिरहेको जनाएको छ ।  बसपार्क नेपाल सरकारको संघन सहरी विकास कार्यक्रममा परेका कारण चालु आर्थिक बर्षमा बसपार्क निमार्णका लागी ५० करोड खर्च गरिने उपमहानगरपालिकाले जनाएको छ । बसपार्क निमार्णको काम चैत महिना देखि सुरु हुने धनगढी उपमहानगरपालिका ईन्जीनियर दिजराज भट्टले वताउनुभयो ।

बसपार्क भनेको शहरको सुन्दरता प्रदशर्न गर्ने ठाउ पनि हो तर, सुदूरपश्चिमकै प्रबेश द्धवारको रुपमा रहेको धनगढी बसपार्कको भने समस्या यस्तो छ, त्यसैले बसपार्क ब्यवस्थापनमा सवैको ध्यान जान जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);