भक्तपुर नगरपालिकाले किसानलाई दियो गहुँ र आलुको बिउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुर नगरपालिकाले किसानलाई दियो गहुँ र आलुको बिउ

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्रका स्थानीयलाई गहुँ र आलुको बिउ वितरण गरेको छ । नगरपालिकाले वडागत रुपमा एक पाथी गहुँ  र पाँच किलो आलु वितरण गरेको हो ।  
पालिकाले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले उन्नत जातका बिउबिजन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरू गरेको बताए । नेपालमा वर्षेनी अर्बौंको धानको बीउ आयात हुने क्रम जारी रहेको र देश परनिर्भरतातर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानलाई विक्री वितरण गर्न तयारीमा रहेकोे जानकारी गराए । पालिकाले नगरभित्रका स्थानीयलाई वडागत रुपमा बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);