प्रचण्डको फोटोमा मोसो दलेर विरोध गरेका शाक्य चुनाव लड्नु शंकास्पद: खेलकुदमन्त्री केसी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, १९ कार्तिक । खेलकुदमन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेद्धवार राजन केसीले आफूले यस अघि पाएको मतको दोब्बर मत हाँसिल गरेर जित्ने दाबी गरेका छन् ।

राजधानीमा आयोजित एक विशेष चुनावी साक्षात्कारमा बोल्दै मन्त्री केसीले १० नम्बरका जनताहरुले आफूलाई रुचाएकोले उम्मेद्धवारी दिएको स्प्ष्ट पारे । उनले भने,‘मैले जति काम त्यहाँ कसैलेपनि गरेको छैन, यो कुरा जनतालाई गएर सोध्दा हुन्छ, १० नम्बरका जनताहरुको घर कुन दिशा फर्केको छ, दैलो कता फर्किएको, जनताहरुको के समस्या छ भन्ने कुरा मलाई सोध्नुहोस्, म यहीँ बसेर भनिदिन्छु, किनकी म यहाँको जनप्रतिनिधि हुँ नि ।’

साक्षात्कारमा बोल्दै उनले अबको यात्रा समृद्धिको यात्रा भएकोले आफ्नो पार्टीले यही मुलमन्त्रलाई बोकेर चुनावी अभियानमा होमिएको जिकिर गरे । केसीले थपे,‘अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्छ, अहिले हामी मुलुकलाई समृद्धि बनाउनुपर्छ भनेर लागिरहेका छौं, यो चुनावलाई मैले भीडन्तमात्रै नभएर जनमतसंग्रहको रुपमा समेत लिएको छु, जनताको हातमा अहिले दुई वटा च्वाईस छ, लोकतान्त्रिक शक्ति रोज्ने कि वामगठबन्धनलाई ? दुईवटामध्ये एकलाई रोज्नुपर्छ।’

उनले एमाले–माओवादी केन्दबाट संयुक्त उम्मेद्धवार बनेका हितमान शाक्यलाई ६ नम्बर प्रदेश छोडेर किन १० नम्बरमा आएको भन्दै प्रश्न समेत तेर्साए । केसीले थपे,‘हामीलाई अहिले वाम गठबन्धनप्रति कुनै डर छैन, चुनाव भनेको प्रतिष्पर्धा हो।’

यद्धपी उनले ०७० को निर्वाचनमा माओवादीका उम्मेद्धवार प्रचण्डविरुद्ध उनको फोटोमा कालो मोसो दलेर चुनावको विरोध गरेका शाक्य अहिले त्यही क्षेत्रमा चुनाव लड्न आउनुले उनको लोकतान्त्रिक पद्धप्रति आफूलाई शंका लागेको गुनासो पोखे । उनले अघि थपे,‘हिजो जुन क्षेत्रमा उहाँले प्रचण्डको फोटोमा कालो मोसो दलेर हिँड्नुभएको छ, आज त्यही ठाउँमा उहाँ लोकतन्त्रको दुहाई दिएर आउनुभएको छ, यसमा हामीलाई शंका छ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);