निर्वाचनका लागि सुरक्षा व्यवस्था कडाः गृह मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, १९ कार्तिक। गृह मन्त्रालयले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाएको दाबी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्। सरकारले निर्वाचन पूर्व, मतदान अवधि र मतगणनासम्म गरी ३ चरणमा सुरक्षा व्यवस्था मिलाएको प्रवक्ता शर्माले बताए।

गृह मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई जिल्लाको सुरक्षा अवस्थाको सुष्म विश्लेषण गरी आवश्यक सुरक्षासम्बन्धि सम्पूर्ण व्यवस्था गर्नसक्ने कार्यादेश दिएको छ ।

सरकारले मतदानको बेला पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);