बाँकेमा ९ जनाको उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०७९, शुक्रबार

बाँके, १९ कार्तिक। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये बाँकेमा ९ जनाले फिर्ता लिएका छन् ।

बाँकेमा १ सय १२ जनाले उम्मेदवारी दर्ता गरेकोमा अब १०३ जना उम्मेदवार कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका कृष्ण कार्की र नेकपा माओवादी केन्द्रका सबिरखाँ र सुरेशकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा माओवादी केन्द्रका नेता अम्बर खड्का र नेकपा एमालेका हेमकुमार यादवले उम्मेदवारी फिर्ता लिए। त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मुगबहादुर शाह र धु्रबप्रसाद दाहालले पनि उम्मेदवारी फिर्ता लिए ।

क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी सरोजकुमारी यादव र निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार शकुन्तला पुनले पनि उम्मेदवारी फिर्ता लिएका हुन्।