विश्वमा आजः प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विश्वमा आजः प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण

प्यालेस्टिनलाई मान्यता 
सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो । योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघले मान्यता दिएको थियो । 

युरोप र एशिया जोड्ने पुल
सन १९७३ मा इस्तानबुलमा पहिलो पटक बोस्फर पुल निर्माण सुरु गरिएको थियो । बेलायतका इन्जिनियरले डिजाइन  गरेको यो पुलले एशिया र युरोपलाई जोड्छ ।  


शक्तिशाली बिस्फोट

सन् १९६१ मा सोभियत युनियनले नोभाए जेमलाय टापुको आर्टिक सर्कलमा एउटा शक्तिशाली बम बिस्फोट गराएको थियो । ५७ मेगाटन आणविक शक्तिको सो आणविक १ हजार किलोमिटर पार गर्दै १३ हजार उचाईमाथि पुगेर बिस्फोट भएको थियो । 

युरोपमा क्रस–कन्ट्री  उडान
सन् १९०८ मा फ्रान्सेली  नागरिक हेनरी फारम्यानले युरोपेली मुलुकमा छोटो समयमा क्रसकन्ट्री  उडान गरेर युरोपमा नयाँ रेकर्ड राखेका थिए । १४ माईल लामो सो  उडान भर्न उनलाई २० मिनेट लागेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);