विश्व इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणादेखि फ्रान्सको तल्लो सदनमा बम बिस्फोट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्व इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणादेखि फ्रान्सको तल्लो सदनमा बम बिस्फोट

आज ९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

विफर उन्मुलन
सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुई ओटा संक्रमित रोग मात्रै पूर्ण रुपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट  उन्मुलन भएको घोषणा गरिएको थियो । रिन्डरपेस्ट गाइबस्तुमा लाग्ने एक प्रकारको संक्रमक रोग हो ।

तांगानिका स्वतन्त्र

सन् १९६१ मा तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटीशको शासनमा थियो । पूर्वीअफ्रिकाको महत्वपूर्ण क्षेत्र तागानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रुपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६४ मा पिुपुल्स रिपब्लिक अफ जान्जिवर र पेम्वा मिसिएर तांगनिया बनेको थियो । त्यसपछि सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तांगनिया भएको थियो ।

फ्रान्सको तल्लो सदनमा बिस्फोट

सन् १८९३ मा फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्वर अफ डिपुटिजमा बम बिस्फोट गराएका थिए । सो आक्रमणमा कोही घाइते नभए पनि उनलाइ मृत्युदण्डको सजाँय सुनाइएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);