बारमा अधिवक्ताबीच हानाहान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बारमा अधिवक्ताबीच हानाहान

nepal bar council

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।

न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । ‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);