वीरताको कथाभित्र लुकेको प्रेम अर्थात् ‘शेरशाह’ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वीरताको कथाभित्र लुकेको प्रेम अर्थात् ‘शेरशाह’

काठमाडौं । १५ अगस्टमा रिलिज भएको फिल्म ‘शेरशाह’ले राम्रो प्रतिक्रिया पाइरहेको छ । भारतीय शहीद विक्रम वत्राको जीवनीमा आधारित उक्त फिल्म ओटीटीमा रिलिज भएको हो ।

यसलाई भारतीय दर्शकले रुचाइरहेका छन् । यो फिल्म पाकिस्तानी घुसपैठबाट इन्डियाले आफूलाई बचाएको कथामा आधारित छ । यसमा विक्रमको वीरताको कथा देखाइएको छ ।

तर , फिल्ममा जति विक्रमको वीरताको चर्चा छ, त्यति नै उनकी प्रेमिका डिम्पल चिमाको पनि । यी दुईको प्रेम कथा पछिल्लो समय उदाहरणीय बनिरहेको छ । सामाजिक संजालमा यिनको प्रेमको चर्चा हुन थालेको छ । वीरताको कथा बोकेको फिल्मको प्रेमकथाले पनि दर्शकहरूको मनमा स्थान बनाएको छ । 

फिल्म रिलिज भएपछि डिम्पलको भूमिका निर्वाह गरिरहेकी कियारा एडवानीको सिन निकै कम रहेको गुनासो दर्शकले गरेका थिए । सामाजिक संजालमा गुनासा देखिएपछि स्क्रिनप्ले लेखेका सन्दीप श्रीवास्तवले यसबारे बोलेका छन् । उनले आफ्नो रिसर्चमा विक्रम र डिम्पलको प्रेमको अवधि निकै कम रहेको खुलाए । ‘मैले फिल्मका लागि डिम्पलसँग पनि गफगाफ गरेँ, जहाँ मैले यी दुईको लभ लाइफ निकै कम रहेको थाहा पाएँ’, उनले भने । 

विक्रम र डिम्पलले एकै कलेजमा अध्ययन गरे तापनि यी दुईले एकअर्कालाई प्रेम व्यक्त गरेपछि ४० दिन मात्र साथ बिताएका थिए । ‘प्रेम व्यक्त भएपछि विक्रमले आफ्नो उद्देश्य परिवर्तन गर्न खोज्यो, यद्यपि, ऊ परिवर्तन हुन सकेन’, सन्दीप भन्छन्, ‘यसै कारण यी दुईको प्रेम अवधि ४० दिन मात्र रह्यो ।’

सानैदेखि दूरदर्शन च्यानलमा ‘परम वीरचक्र’ हेरेर हुर्किएका विक्रमले आफ्ना भाइ विशाल वत्रासँग आफू सिपाही बन्ने जिकिर गरिरहन्छन् । ठूलो भएपछि पनि उही सोचका साथ अगाडि बढिरहेका विक्रमको योजनालाई डिम्पलको प्रेमले केही अल्मल्याउन खोज्छ । तर, सानैदेखिको योजनाअनुसार नै उनी सेनामा भर्ति हुन्छन् । त्यसपछि घर आउँदा उनले एक पटक गुरुद्वारामा डिम्पलसँग ख्यालख्यालमै विवाहसमेत गरेका हुन्छन् । यसै कारण हुन सक्छ, विक्रमले संसार सन् १९९९ मै छाडे पनि डिम्पल अझै उनकै मायामा छन् ।

डिजिटल युगमा पनि डिम्पल विक्रमको प्रेममा छन् । फिल्मको क्यारेक्टरका लागि कियाराले पनि डिम्पलसँग भेट गरेकी थिइन् । एक घण्टाको समय लिएर सुरु भएको कुराकानी चार घण्टासम्म चलेको थियो । उनी एक्लै बस्छिन् र शिक्षण पेसामा छन् । विक्रमको शवलाई ससम्मान घर ल्याउँदा अन्तिम पटक हेर्नसमेत नपाएकी डिम्पलले उनैलाई श्रीमान् मानेकी छन् ।

उनी आफूलाई विक्रमकै ‘अंश’ भन्न रुचाउँछिन् । उनी बाहिरी संसारभन्दा छुट्टै दुनियाँमा छन् । ४० दिनको प्रेम सामीप्यतालाई विक्रमको विदाइसँगै बिदा नगरी डिम्पलले अमर बनाएकी छन् ।

विक्रमको भूमिका निर्वाह गरेका फौजी सिद्धार्थ मलहोत्राले फिल्ममार्फत वीरताको कथा देखाएका छन् । यद्यपि, एउटा वीरको प्रेम कथाले अहिले सबैको मन जितिरहेको छ । डिजिटल ग्याजेटमा रमाइरहेका पुस्ता पनि विक्रम र डिम्पलको प्रेमको उदाहरण दिन थालेका छन् । निर्माता करण जोहरले समेत एक अन्तर्वार्तामा वीरताको कथाभित्र लुकेको प्रेमलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका थिए । 

Avatar

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);