भैरहवाको भिम अस्पताल अस्तव्यस्त बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विवेक विश्वकर्मा
५ माघ, भैरहवा ।
भैरहवा भिम अस्पतालमा उपचार गराउन आउने बिरामी दिन प्रतिदिन घट्दै गई रहेका छन । यस क्षेत्रकै पुरानो अस्पताल दावी गरिने अस्पतालमा बिपन्न बिरामीको पहुच बाहिर हुदै गएको छ । रुपन्देही जिल्लाको सरकारी अस्पताल भिम अस्पतालमा हुने सुविधा लगभग पुगेको छ । वि.स. १९९० सालमा स्थापीत भीम अस्पतालमा ओपीडी, आकस्मिक, डेण्टल, एक्सरे, ल्याब, शल्यक्रिया सहितको प्रसुती सेवा लगायतको आधारभुत सेवा सुविधा प्रदान गर्दै आईरहेको दावी गरि रहेको छ । तै पनि यो अस्पतालमा सेवा लिन बिरामीहरु उत्सुक देखिदैनन् ।

अस्पताल प्रशासनले प्रदान गर्ने सेवा सुविधाहरु बारे दावी गरि रहदा उसले आफु सित भएका उपकरणहरु प्रयोग नगरि बिरामीलाई महङ्गो शुल्क तिराउदै आएको खुलेको छ । अस्पतालमा रहेको अल्ट्रासाउण्ड मेशीन अस्पतालले बिगत २ बर्ष यता देखी प्रयोग नगरेको खुलेको छ । अस्पतालमै अल्ट्रासाउण्ड मेशीन रहे पनि अल्ट्रासाउण्ड गराउन चिकित्सकहरुले बाहिर पठाउने गरेका छन । कमिशनको लोभमा अस्पतालमा कार्यरत चिकित्सकले अल्ट्रासाउण्ड गराउन बाहिर पठाए पछि बिरामी त मर्कामा परेकै छन, मेशीन पनि काम बिहिन बनेको छ ।

एक पटक अल्ट्रासाउण्ड गराएको बाहिर ८ सय रुपैया सम्म पर्ने गरेको छ । अस्पतालमै यो सुविधा पाउने हो भने न्यून शुल्कमा बिपन्न बिरामीहरु परिक्षण गर्न सहज हुनेछ । शल्यक्रिया सहितको प्रसुति सेवामा पछिल्ला समयमा यो अस्पतालले बिरामीको मन जिते पनि कमिशनकै कारण अस्पतालको यो शाख पनि गुम्ने खतरा रहेको छ । अल्ट्रासाउण्ड सुविधा शुरु गर्नुको सट्टा अस्पताल प्रशासन भने यसलाई सुचारु गर्न अहिले पनि बिभिन्न बहाना गरि रहेको छ ।

यति मात्र हैन अस्पतालमा प्रर्याप्त स्थान रहे पनि अस्पतालको प्रयोगशाला भने खुम्चिएको कोठा भित्र सञ्चालनमा रहेको छ । एकै स्थानबाट नमूना संकलन गर्ने र सोही स्थानमा परिक्षण गर्ने कोठा रहेको प्रयोगशाला पनि अस्पताल प्रशासनको अब्यावस्थाको बखान गरि रहेको छ । अस्पताल बाहिर ठुला ठुला बोर्ड त छन तर बोर्डका अक्षरहरु गायब छन । अक्षरले रंगीबिरंगी देखिनु पर्ने बोडै सेतै देखिन्छन । त्यहा न कुनै संकेत छ न संदेश नै, सेता बोर्डले अस्पताललाई नै गिज्याई रहेको भान हुन्छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले गरेको अनुगमनका क्रममा अल्ट्रासाउण्ड मेशीन प्रयोग बिहिन देखिए पछि उनि अस्पताल प्रशासनलाई कार्यवाही गर्ने तयारीमा रहेको बताए । अनुगमनको क्रममा अस्पताल ब्यावस्थापन नमिलेको प्रजिअ सिंहको भनाई छ । “अस्पतालको अल्ट्रासाउण्ड मेशीन , प्रयाप्त स्थान हुदा हुदै साँघुर स्थानमा प्याथालोजी, कर्मचारीहरुको हाजिर अनियमितता र बिभिन्न सूचना बोर्डहरु अब्यवस्थित रहेको पाए” अस्पतालको अब्यावस्था बुंदागत रुपमा टिपाउदै प्रजिअले भने ।

“तत्काल आवश्यक जनशक्तिको ब्यावस्थापन गरि अल्ट्रासाउण्ड मेशीन सञ्चालन गर्न निर्देशन दिएको छु ।” प्रजिअ सिंहले भने ।  यस बाहेक देख्दा साना देखिने तर प्रत्यक्ष असर पुरयाउने ल्याब ब्यावस्थापन र सुचना मुलक संदेश देखिने बोर्ड पनि ब्यावस्थापन गर्न लगाएको उनले बताए । अस्पतालमा कर्मचारीहरु पनि नियमित नदेखिएको बताउदै उनले यसको लागी अस्पताल प्रशासनलाई पत्र काट्ने तयारी भएको बताए ।

यता भिम अस्पतलाका सुपरिडेन्टेन्ट अनन्त कुमार शर्माले अल्ट्रासाउण्ड मेशीन धेरै पुरानो भएको दावी गरेका छन । अहिले रहेको मेशीनबाट गरेको अल्ट्रासाउण्डले उपचार गर्न गाह््रो भएको उनको भनाई छ । अहिले बिविधि सुविधा सहित अत्याधुनिक अल्ट्रासाउण्ड मेशीनहरुबाट परिक्षण गरि उपचार भै रहेको बताउदै उनले अस्पतालमा पनि अत्याधुनिक मेशीन ल्याउने तयारी भएको जानकारी दिए । “ हामी कहा भएको मेशीन श्यामश्वेत हो, यसको रिपोर्टको आधारमा उपचार गर्न गाह््रो हुन्छ” शर्माले भने ।

उनले अस्पतालमै रहेको मेशीन सञ्चालन गर्न खोजे पनि यसको लागी जनशक्ति नपाएको दावी गरे । “अहिले उत्पादित जनशक्तिले अत्याधुनिक मेशीनबाट काम गरि रहेको छ, १– २ जना रेडियोलोजिष्टलाई देखाउदा पनि यसलाई सञ्चालन गर्न सकिएन” शमाल्ेले भने । तै पनि प्रसुति सेवाका लागी आउने आकस्मिक बिरामीहरुलाई निशुल्क रुपमा कहिलेकाहि यो अल्ट्रासाउण्ड गर्ने गरेको उनको भनाई छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);