जाडोमा पनि छोड्दैन सरुवा रोगले | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

जाडोमा पनि छोड्दैन सरुवा रोगले

जयन्ती पुडासैनी । ११ माघ, काठमाडौं । सरुवा रोगले धेरैजासो गर्मी याममा प्रभाव पार्ने गर्दछ । गर्मी लागेसंगै बढिमात्रामा सरुवा रोगका संक्रमित विरामीहरु अस्पतालमा भर्ना हुने गर्दछन् । तर जाडो याममा पनि सरुवा रोगले प्रभाव पार्ने गरेको धेरैलाई जानकारी नहुन सक्छ ।

जाडोमा पनि छोड्दैन सरुवा रोगले

जयन्ती पुडासैनी । ११ माघ, काठमाडौं । सरुवा रोगले धेरैजासो गर्मी याममा प्रभाव पार्ने गर्दछ । गर्मी लागेसंगै बढिमात्रामा सरुवा रोगका संक्रमित विरामीहरु अस्पतालमा भर्ना हुने गर्दछन् । तर जाडो याममा पनि सरुवा रोगले प्रभाव पार्ने गरेको धेरैलाई जानकारी नहुन सक्छ । गर्मीको समयमा बढिमात्रामा देखिने सरुवा रोगको संक्रमण जाडो याममा पनि हुने गर्दछ ।

सरुवा रोग अस्पताल नामले चर्चित शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालमा नोरो भाइरसका विरामीको सङख्या बढ्न थालेको छ । केहि हप्ता देखि नोरो भाइरस संक्रमित विरामीहरु अस्पतालमा आउन थालेको अस्पतालले जनाएको छ । नोरो भाइरस लागेको १२ देखि १८ घण्टा भित्रमा यो रोगको लक्षण देखा पर्ने गर्दछ ।

नोरो भाइरस लागेका विरामीमा सामान्य ज्वरो आउने, मासु बाउडिने, झाडापखाला तथा बान्ता हुने जस्ता लक्ष्ण देखा पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नोरो भाइरस जाडो महिनामा बढि सक्रिय हुने गर्दछ । संक्रमित व्यक्ति समुहमा बसोवास गर्दा, संक्रमित व्यक्तिले प्रयोग गरेका सामाग्रीहरु अन्य व्यक्तिले प्रयोग गर्दा यो भाइरसका जिर्वाणुले निरोगी व्यक्तिको शरिरमा फैलिने गर्दछ ।

यो रोगको बारेमा जनचेतनाको कमीका कारण यो रोगले आक्रमण गर्ने चिकित्सकले बताएका छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);