५ माघ, काठमाडौँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुव्र्यवहारको आरोपले घेरिनुभएको छ । ट्रम्पले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ ।
रियालिटी सोकी पूर्व सहभागी जर्वासले पत्रकार सम्मेलन गरेर आफूमाथि यौन दुव््र्यवहार गर्ने ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर गरेको जानकारी दिनुभएको हो । ट्रम्पले आफूमाथि सन् २००७ मा यौन दुर्व्यवहार गरेको जर्वासको भनाई छ । ट्रम्पले आफ्नो बारेमा झुट बोलेको जवार्सको भनाई छ ।
लस एन्जल्समा भएको पत्रकार सम्मेलनमा जवार्सले ट्रम्प झुट र महिला विरोधी भएको अरोप लगाउनुभयो । ट्रम्मले आफ्नो बारेमा बोलेका कुरा फिर्ता नलिएकाले मुद्दा दर्ता गर्नु बाहेक विकल्प नरहेकाले कानुनी बाटोमा लागेको जर्वासले बताउनुभयो । जागिरका लागि बेवेर्ली हिल्स होटलमा भएको छलफलको क्रममा ट्रम्पले आफूमाथि यौन दुव्र्यवहार गरेको जवार्सले बताउनुभयो । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० अर्थात आउँदो शुक्रबार जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।