यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

rape

खोटाङ,  २५ फागुन ।  खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

यौन दुव्र्यवहार भएको भन्दै फागुन १४ गते प्रहरीचौकी जालपामा निवेदन दिएकी पीडित युवती र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिन अस्वीकार गरेपछि यौन दुव्र्यवहारको घटनालाई आर्थिक प्रलोभनमा मिलाउने प्रयास भएको खुलेको हो । सुरुमा प्रहरीचौकीमा पीडकविरुद्ध निवेदन दिएकी युवतीले जाहेरी दरखास्त दिन भने आनाकानी गरेपछि सम्झाई–बुझाई गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीचौकीमा निवेदन परेपछि विक फागुन १५ गते पक्राउ परेका थिए । उनले पीडित युवतीमाथि फागुन १३ गते यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । घटनाले अझै पनि बलात्कारका घटना आर्थिक प्रलोभनमा ढाकछोप हुने गरेको देखाएको छ । आरोपितले महिलाको संवेदनशील अंगमा छोएको र चुम्बन गरेको पीडित पक्षको भनाइ छ । मिलापत्र गराउने षड्यन्त्रका बीच ढिलै भएपनि पीडकविरुद्ध मुद्दा दर्ता भएको अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताईन् । यौन दुव्र्यवहारका घटनामा मिलापत्र गराउन केही स्थानीय नेतासमेत लागि परेको स्रोतको भनाइ छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);