छिमेकी दम्पत्तिबाट हैरान भएपछि प्रहरी चौकी पुगिन महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

छिमेकी दम्पत्तिबाट हैरान भएपछि प्रहरी चौकी पुगिन महिला

काठमाडौं,८ चैत्र । बेंगलुरुमा बुधबार एक महिला आफ्नो छिमेकीविरुद्ध उजुरी लिएर प्रहरी चौकी पुगिन् । वास्तवमा महिलाले आफू बसेको घरको अगाडि झ्याल खोलेर यौनसम्पर्क गर्ने नवविवाहित जोडी बसेको दाबी गरिन् । पीडितले बेंगलुरुको गिरिनगर प्रहरी चौकीमा प्रहरीमा उजुरी दिएकी छिन् ।

महिलाले थप भनिन् कि दम्पतीले बेडरूमको झ्याल खोलेर यौनसम्पर्क गरेको, जसले आफुलाई हैरान बनाएको छ । ४४ वर्षीया युवतीले आफ्नो उजुरीमा नवविवाहित जोडीलाई यो कुरा गुनासो गर्दा उनीहरुले धम्की दिएको पनि बताएकी छन् ।
प्रहरीका अनुसार उजुरीकर्ताको घर अभियुक्त दम्पतीको घर नजिकै रहेको छ । दम्पतीको सुत्ने कोठा उजुरीकर्ताको घरको ढोकाको ठीक अगाडि छ।

आरोपितले आफूलाई यौन दुव्र्यवहार र नराम्रो परिणाम भोग्ने धम्की दिएको पीडित युवतीले प्रहरीलाई बताएकी छन् । यसबाहेक दम्पती बस्ने भवनका घरधनी र उनका छोराले पनि कुटपिट गर्ने प्रयास गरेका थिए ।
पीडितले सुरक्षा र कानुनी कारबाहीका लागि प्रहरीमा निवेदन दिएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);