तीन पटक बिहे गरिसकेका भतिजाले आफ्नै काकीलाई भगाए | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

तीन पटक बिहे गरिसकेका भतिजाले आफ्नै काकीलाई भगाए

एजेन्सी,११ चैत्र । पछिल्लो समय विश्वभर आश्चार्य लाग्दा घटना भइरहेका छन् । त्यस्तै भारतमा घटना घटेको छ । प्रहरी चौकी इलाकाको एक गाउँकी एक विवाहित महिला काकी आफ्नो भतिजासँग यति धेरै मायामा परेकी थिइन्,उनीसँगै घरबाट भागिन् । आफन्तको बढ्दो दबाब देखेर प्रेमी प्रेमिकालाई लिएर घर पुगे । जहाँ स्थानीय बासिन्दाबीच झगडा सुरु भएको थियो ।

अवस्था बिग्रँदै गएको देखेर युवकका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै घटनास्थलमा पुगेर प्रेमी जोडीलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो । साँझसम्म प्रहरी चौकीमा हाईभोल्टेज ड्रामा जारी थियो ।
श्रीमानका आफन्तसँगै प्रेमीका परिवार र मामाका परिवार पनि प्रहरी चौकी पुगेका थिए । श्रीमानले आफ्नी श्रीमतीको यो गल्ती माफ गर्न अस्वीकार गरे। श्रीमानसँग बस्न गाह्रो भएको युवतीले प्रहरी चौकीमा बताइन् ।

उनले भनिन्,‘त्यसैले म मेरो प्रेमीसँग देवघर गएँ । म त्यो युवकसँग बिहे अघिदेखि नै प्रेममा थिएँ । सन् २०२२ मा आफन्तको दबाबमा बिहे गरे । श्रीमानको पटक–पटक दुव्र्यवहारका कारण म न पतिसँग बस्छु न प्रेमीसँग ।’
महिलाका ससुराका अनुसार उनका श्रीमान सूरतको एक कम्पनीमा काम गर्छन् । ती महिलाका पतिले आफू गुजरातबाट होलीको अवसरमा मार्च ११ मा घर फर्केको बताए । उनले आफ्नी श्रीमतीलाई कुनै कमी हुन दिएका थिएनन । त्यति हुँदा हुँदै पनि उनले गलत कदम चालिन् ।

युवतीका बुवाले भने,‘युवक मेरो बहिनीको छोरो हो, जो मेरो नातिनी र केटीको भतिजा पर्छ । उनले नै २०२२ मा मेरी छोरीको छिमेकी एक युवकसँग विवाह गराए।’ प्रेमीकी आमाले आफ्नो छोराको तीन पटक बिहे भइसकेको बताइन् । तिनै श्रीमतीले उनलाई छोडे । हालै उनले तेस्रो विवाह गरेका छन् । उनी अहिले आमाबुवाको घरमा छन् । दुवैका आफन्तलाई काउन्सिलिङका लागि प्रहरी चौकी बोलाएको छ । हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);