एमालेको वडा अधिवेसन : कास्कीमा महिला शून्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेको वडा अधिवेसन : कास्कीमा महिला शून्य

पोखरा । एमालेको १०औं महाधिवेशनअन्तर्गत शनिबार वडा अधिवेशन भएको छ । कास्कीका ७२ वटै वडामा आइतबार दिउँसोसम्म नतिजा आएको छ ।

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही वडामा भने मतदान भएको छ । कास्कीमा ७२ मध्ये कुनै पनि वडामा महिला नेतृत्वमा आएका छैनन् । एउटा मात्रै वडामा दलित नेतृत्व आएका छन् । यहाँ आदिवासी जनजाति नेतृत्व पनि निकै कम निर्वाचित भए ।

एमालेले पनि नेतृत्व तहमा महिला र पिछडा वर्गलाई खासै महत्व दिएन । यसअघि कांग्रेस अधिवेशनमा पनि महिला नेतृत्व शून्य भएको थियो । एमालेले दुईवटा वडामा दलितलाई अध्यक्ष बनाएको छ । पोखरा-३ मा सुरेन्द्र परियार र रुपा-७ मा कृष्ण विक अध्यक्ष बनेका हुन् । अन्य वडामा खसआर्यको बाहुल्यता छ ।

पोखरा महानगरपालिका-१ मा रामविक्रम राणा, २ मा दीपक शाह, ३ मा सुरेन्द्र परियार, ४ मा शंकरबहादुर कोइराला, ५ मा विष्णु बराल, ६ मा बलराम पहारी, ७ मा किशोर बराल, १० मा सूर्य बानियाँ, ११ मा मिनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना अध्यक्षको रूपमा चयन भएका छन् ।

यस्तै, १३ मा निलकण्ठ सिग्देल, १४ मा बटुकृष्ण कुँवर, १५ मा भोजबहादुर गुरुङ, १७ मा रिषभ तिमिला, १८ मा पुष्कल थापा, १९ मा विष्णु गौतम अध्यक्ष बनेका छन् । २२ मा राजेन्द्र बराल, २४ मा शिव सुवेदी, २५ मा ऋषिराम पौडेल, २७ मा सूर्यमणि लामिछाने अध्यक्ष छन् । २८ मा रामकृष्ण तिवारी, २९ मा प्रमोद भण्डारी, ३० मा कृष्ण अधिकारी, ३१ मा चिरिन्जीवी बन्जरा, ३२ मा चिरन्जीवी तिवारी, ३३ मा दीपक लामिछाने निर्वाचित भएका छन् ।

वडा नम्बर ८, ९, १६, २०, २१, २३ र २६ लगायत वडामा अधिवेशन प्रक्रिया सुरु भएर पनि स्थगित भएको छ । नेतृत्वमा धेरैले दावी गरेपछि विवाद सिर्जना भएको बताइएको छ । ‘ती वडामा अधिवेशन सुरु भयो । तर बन्द सत्र पनि चलेन । कतै बन्द सत्र चले पनि स्थगित भयो,’ एमाले नेता तेजनारायण अधिकारीले भने ।

अन्नपूर्ण गाउँपालिकाका कुनै पनि वडामा महिला र दलित अध्यक्ष छैनन् । वडा नम्बर १ मा छविलाल दाहाल, २ मा नारायण भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्ण केसी, ५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंक सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान गुरुङ अध्यक्ष बनेका छन् ।

मादीका १२ वटै वडामा अधिवेशन शनिबार नै सकिएको छ । यहाँका कुनै पनि वडामा महिला र दलित नेतृत्व छैन । यद्यपि यहाँका वडाहरुमा आदिवासी जनजातिको बाहुल्यता देखिएको छ ।

मादीको १ नम्बर वडामा भीमराज गुरुङ, २ मा कुमार गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा रवीमोहन सापकोटा, ५ मा बाबुराम सापकोटा अध्यक्ष बनेका छन् । यस्तै, ६ मा दीलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा लालबहादुर गुरुङ, ९ मा श्रीप्रसाद गुरुङ (गोपाल), १० मा विजय गुरुङ, ११ मा नन्दजंग गुरुङ र १२ मा प्रकाश बराल नेतृत्वमा चयन भएका छन् ।

माछापुच्छे गाउँपालिकामा समेत महिला नेतृत्व छैन । १ नम्बरमा अनुप गुरुङ, २ मा हुकुमसिंह गुरुङ, ४ मा टेकबहादुर श्रेष्ठ, ५ मा हुमलाल लामिछाने, ६ मा रुद्रबहादुर केसी, ७ मा कुलप्रसाद भण्डारी, ८ मा कृष्णप्रसाद दवाडी र ९ मा टेकबहादुर श्रेष्ठ वडाध्यक्षको रुपमा निर्वाचित भए । ३ नम्बर वडाको नतिजा आउन बाँकी छ ।

रुपा गाउँपालिका वडा नम्बर १ मा कृष्णकुमार श्रेष्ठ, २ मा कृष्णप्रसाद ओझा (धनपति), ३ मा दीपेन्द्र गौतम, ४ मा रमेश रेग्मी, ५ मा तिलकबहादुर अधिकारी, ६ मा ज्ञानेन्द्रराज सुवेदी र ७ मा कृष्णबहादुर विक अध्यक्ष भएका छन् । रुपा र मादीका सबै वडा सर्वसम्मत भएका हुन् । महिलाहरू आफै पनि नेतृत्वमा दावी नगरेका कारण ल्याउन नसकिएको अधिकारीले बताए । ‘धेरैपटक आउनुस् भन्यौं । तर उहाँहरू पनि चासो दिनुहुन्न,’ उनले भने, ‘नेतृत्वमा नै ल्याउनुपर्ने हो । आगामी निर्वाचनमा यसबारे गम्भीर भएर सोच्छौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);