चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चार वर्षमा एकै वडामा १२ जनाले गरे आत्महत्या

atmahatya

खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौंचुरमा चार वर्षमा १२ जनाले आत्महत्या गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनयता गाउँमा, काठमाडौं र विदेशमा गरी १२ जनाले आत्महत्या गरेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए ।

६ कात्तिक (शनिबार) हौंचुरस्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ गोठमा झुन्डिएको अवस्थामा भेटिएकी छन् । श्रेष्ठका श्रीमान् एक साताअघि मात्र विदेशबाट घर आइपुगेका थिए । श्रेष्ठ दम्पतीका चार वर्षकी छोरी छन् ।

हालसम्म हौंचुरका ११ जना झुन्डिएको र एकजना विष सेवन गरेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यसमध्ये गाउँमा १० जना, मलेसियामा एकजना र काठमाडौंमा एकजना मृत फेला परेको जनाइएको छ । 

‘एउटै वडामा यति धेरै संख्यामा आत्महत्या भइरहेको घटनाले हामीलाई झस्काइरहेको छ,’ श्रेष्ठले भने, ‘खास कारण त थाहा छैन, तर पारिवारिक समस्या, गरिबी, मायाप्रेममा आएको समस्याले यस्ता घटना भएको हुनसक्ने अनुमान छ । यसको कारण खोजीमा लाग्ने छौँ ।’  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);