दशैँको पाँच दिन लामो बिदा पछि आइतबार खुलेको सेयर बजार दोहोरो अङ्कले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

दशैँको पाँच दिन लामो बिदा पछि आइतबार खुलेको सेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं । दशैँको पाँच दिन लामो बिदा पछि आइतबार खुलेको सेयर बजार दोहोरो अङ्कले बढेको छ ।

सेयरबजार आइतबार १७ दशमलव ५९ अङ्कले बढेर २६ सय ५६ दशमलव ९७ बिन्दूमा उक्लिएको हो । सेयर सूचकाङ्कमा सुधार देखिए पनि कारोबार रकम भने आईतवार निकै न्यून छ । यसदिन जम्मा ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७० रुपैयाँमात्रै रहेको छ ।

आईतवार सर्वाधिक सेयर मूल्य बढ्ने पाँच कम्पनीमा चन्द्रगिरि हिल्स, हिमालयन ऊर्जा विकास कम्पनी, घलेम्दी हाइड्रो, कामनासेवा विकास बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन् भने सिटिजन्स मिचुअल फन्ड–२, बोटलर्स नेपाल तराई लिमिटेड, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिटिजन्स मिचुअल फन्ड–१ तथा मैलुङ्खोला जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ ।

आईतवार सबैभन्दा धेरै नबिल बैंकको ८ करोड ३२ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);