पुर्जाद्वारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

पुर्जाद्वारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मीएका निर्मल पुर्जाले तेस्रो पटक हिमाल आरोहण गरेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका पुर्जा तेस्रो पटक पनि धौवागिरि हिमालमा सफल आरोहण गरेका हुने ।


उनले तेस्रो पटक सफल रुपमा धौलागिरी हिमालको आरोहण गरेको सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

हाम्रो सबै टोलीले सतप्रतिशत आरोहण सफल गरेको छ, हामी शिखरबाट पनि सुरक्षित रुपमै फर्कनु अनिवार्य छ, र हामी सक्छौँ भन्ने विश्वास छ’’– उनले स्टेटस् लेखेका छन् ।
म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गर्नुभएका पुर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको ८१६७ मिटर आरोहण गर्ने पहिलो म्याग्देलीको रेकर्ड राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);