काेभिड : ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

काेभिड : ‘रातो सूची’बाट नेपाललाई हटायाे बेलायतले

covid update

काठमाडौं । बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे ।

नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामी सोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो । अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन ।

नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);