अमेरिकाकै बाटोमा बेलायत, अब ४१ बिमानमा ग्याजेट प्रतिवन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अमेरिकाकै बाटोमा बेलायत, अब ४१ बिमानमा ग्याजेट प्रतिवन्ध

बेलायतद्वारा विभिन्न १४ विमानमा यात्रा गर्ने यात्रुहरुलाई इलेक्ट्रोनिक्स सामान बोक्न प्रतिबन्ध, बेलायत सरकारको निर्णयको टर्कीद्वारा विरोध

अमेरिकाकै बाटोमा बेलायत

काठमाडौं । बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ ।

अमेरिकाले जस्तै बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेटसहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने नियम लागु गर्ने भएको हो ।

बेलयतले टर्कीबाट पनि विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ । अमेरिकाले स्मार्टफोन भन्दा ठूलो आकारका इलेक्ट्रोनिक्स सामान बोकेर विमान चढ्न नपाउने निमय लागु गरे लगतै बेलायतले पनि यो नियम लागु गर्ने निर्णय गरेको हो ।

अब टर्की, लेबनान, जोर्डन, इजिप्ट, ट्युनिसिया र साउदी अरेबियाबाट हुने सीधा उडानमा यात्रुले ल्याप्टपसहितका सामान बोक्न पाउने छैनन् । बेलायतको प्रतिबन्ध विभिन्न १४ एयरलाइन्समा लागु हुने बिबिसीले उल्लेख गरेको छ ।

यस्तै अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने छन् । डिभिडी प्लेअर, इलेक्ट्रोनिक्स गेमसहितका सामान पनि बोक्न पाइने छैन । टर्की सरकारले प्रतिबन्ध गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

क्यानडाले पनि विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न नपाउने नियम लागु गर्ने तयारी गरेको छ । सुरक्षाको कारण देखाउँदै इलेक्ट्रोनिक्स सामान प्रतिबन्ध लगाउन लागिएको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);