एजेन्सी, १७ कार्तिक । युरोपा लिग अन्तगर्त भएको खेलमा आर्सनल र रेड स्टार बेलग्रेड बराबरीमा रोकिएका छन्। बेलगे्रडसँग गोलरहित बराबरीमा रोकिएपनि आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ। मतलब समूह चरणको दुई खेल बाँकी छदै नकआउट चरणमा पुगेको छ।
आर्सनल ४ खेलबाट १० अंक जोडेको समूह ए को शीर्ष स्थानमा छ। हारपछि पनि ५ अंक रहेको बेलग्रेड दोस्रोमा छ। यस्तै बाटेबारिसोभलाई ५-२ ले हराउदै कोलोगनले पहिलो ३ अंक जोडेको छ। बारिसोभ ४ अंकका साथ समूहको तेस्रो स्थानमा छ। आर्सनलसंग डाइनामो किभ, लाजियो र जेनिथ सेन्ट पिटर्सवर्ग पनि अन्तिम ३२ मा प्रवेश गरेका छन्।
यता अर्को इंगलिस क्लब एभरटन भने लियोनसंग ३-० ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ।लियोनको जितमा बट्रान्ड ट्राओरे, हुसेम आओर र मेमफिस डिपाएले गोल गरे। मोर्गन सेन्डरलाइनले ८०औँ मिनेटमा रातो कार्ड पाएपछि एभरटन दश खेलाडीमा झरेको थियो।
तेस्रो हारपछि समूह इ मा एभरटन १ अंकका साथ पूछारमा छ। एटलान्टा र लियोन समान ८ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्।इटालिनय सिरि ए मा खराब प्रदर्शन गरिरहेको एसी मिलान पनि समूह डी को खेलमा एथेन्ससंग गोलरहित बराबरीमा रोकिएको छ।