काठमाडौँ — दसैं तिहारलाई लक्षित गरी सोमबारबाट काठमाडौं देखि देशका विभिन्न जिल्लामा जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुल्यको छ ।
लामो दूरीमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । उपत्यका भित्रका विभिन्न १४ स्थानहरुमा हेल्प डेस्क स्थापना गरी टिकट बुकिङ खुलाएको यातायात व्यवस्था विभागले जनाएको छ ।
कोरोना कहर र टिकट लिनका लागि यात्रुहरु लामो समय सम्म लाइनमा बस्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै अनलाइन टिकट बुकिङ पनि खुल्ला गरीएको यातायात व्यवसायीले जनाएका छन् ।