भारतीय ऊर्जा केन्द्रमा विस्फोट, कम्तिमा २२ जनाको मृत्यु, ५७ घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

लखनउ, १६ कार्तिक । भारतको उत्तर प्रदेशमा रहेको एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ (एनटीपीसी) ऊर्जा केन्द्रमा बुधबार विस्फोट हुँदा कम्तिमा २२ जनाको मृत्यु हुनुका साथै अन्य ५७ जना गम्भीर घाइते भएका छन्।

रायबरेली जिल्ला अधिकारी सन्जय खत्रीले २० जनाको मृत्यु भएको पुष्टि गर्दै बाँकी अन्य ५७ जना घाइतेलाई अलग–अलग अस्पतालमा भर्ना गरिएको बताएका छन्। बुधबार दिउँसो ५ सय मेगावट बिद्युत उत्पादनका लागि भुमिगत परीक्षण गर्दा उक्त दुर्घटना भएको बीबीसीले जनाएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई दुई लाख क्षतीपुर्ति दिने घोषणा गर्दै घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन्।