तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

सुर्खेत । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन् । 

बहुविवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका सातजनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ । 

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र एक महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ । 

माफी पाउनेमा बहुविवाहका पाँच, कर्तव्य ज्यानका एक र हातहतियार मुद्दाका एक रहेका जेलर बलबहादुर केसीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);