राष्ट्रपति कार्यालयले गृहसँग माग्यो ३४ जनाको माफी मिनाहाको आधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

राष्ट्रपति कार्यालयले गृहसँग माग्यो ३४ जनाको माफी मिनाहाको आधार

काठमाडौं, ३१ भदौ । राष्ट्रपति कार्यालयले गृहमन्त्रालयसँग ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार मागेको छ । संविधान दिवसको अवसरमा गृहले प्रस्ताव गरेका ३४ जनाको व्यक्तिगत विवरण राष्ट्रपति कार्यालयले माग गरेको हो ।

गृहले ३४ जनाको नाम माफी मिनाहाको लागि राष्ट्रपति कार्यालयमा सिफारिसको लागि पटठाएको छ । कानुन विपरित गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले स्पष्ट आधार मागेकोे हो । अधिकांश ज्यानमुद्दा, तस्करी,सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरु रहेको बुझिएको छ ।

गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्ने व्यवस्था गर्छ । कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस र अर्को सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान सक्ने व्यवस्था रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);