मुगुकाे आँखा उपचार केन्द्रमा औषधि अभाव, बिरामी मेडिकल धाउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

मुगुकाे आँखा उपचार केन्द्रमा औषधि अभाव, बिरामी मेडिकल धाउन बाध्य

मुगु । मुगुकाे छायाँनाथ रारा नगरपालिका-१ गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको छ । दुई महिनादेखि औषधि, चस्मा भएपछि आँखासँगै नाक-कानको उपचार पनि प्रभावित भएको छ । बिरामी निजी मेडिकल धाउन बाध्य छन् ।

हिमालय आँखा अस्पताल पाेखराबाट औषधि र चस्मा माग गरिएको जिल्ला आँखा उपचार केन्द्र मुगुका इन्चार्ज धुव्र बुढथापाले बताए । दुबै आँखामा समस्या आएपछि छायाँनाथ रारा-४ भामवाडाका गुरुप्रसाद रावल आँखा उपचार केन्द्र पुगेका थिए । तर, औषधि नहुँदा उनको उपचार हुन सकेन ।

केन्द्रमा हरेक दिन २० देखि ३० जना बिरामी आउने गरेकाे बुढथापाले बताए । २०६८ मा स्थापना भएको उपचार केन्द्रमा हालसम्म २१ हजार १४७ जनाले सेवा लिइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);