कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

पाल्पा । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २ नगरपालिका र ८ पालिकामा भएको वडा अधिवेशनमा २८ वर्षीय प्रकाश ज्ञवाली जिल्लाकै कान्छो वडा सभापति बनेका छन् ।

ज्ञवाली रामपुर नगरपालिका-३ को वडाबाट सर्वसम्मत नेतृत्वमा पुगेका हुन् । ज्ञवाली विद्यार्थी राजनीतिदेखि तरुण दल हुँदै सक्रिय राजनीतिमा लागेका थिए । नेपाल तरुण दल रामपुरका सहसचिव समेत रहेका ज्ञवाली नगरभित्रका हरेक गतिविधिमा स्पष्ट धारणा राख्ने सक्रिय व्यक्तिको रुपमा चिनिएका थिए ।

वडा सभापतिमा निर्वाचित ज्ञवालीले आफू नामका लागि नभई कामका लागि नेतृत्वमा आएको बताए । ज्ञावलीले भने, ‘विगतदेखि नै समाजिक कार्यमा सक्रिय भएर लाग्दै आएको छु । म नामको लागि होइन समाजमा युवाको तर्फबाट केही गर्छु भनेर सक्रिय राजनीतिमा आएको हुँ ।’

ज्ञवालीले आफू सिकाईको चरणमा रहेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहअनुसार अघि बढ्नेसमेत बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);