काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि मंगलबार पनि सुन प्रतितोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै साेमबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार २ सय २० रुपैँयामा कारोबार भईरहेको छ ।