काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ९ हजार ८ सय ७५ परीक्षणमध्ये १ हजार २ सय ६८ मा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ८ सय ५३ पीसीआर परीक्षणमा १ हजार २४ र ३ हजार १ सय २२ एन्टिजेन परीक्षणमध्ये २ सय ४४ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ८ सय १८ ले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने २ हजार १ सय ९५ रहेको छ । नेपालमा संक्रमण निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार हालसम्म ७ लाख २५ हजार ६ सय ५१ संक्रमणमुक्त भईसकेका छन् ।
हाल नेपालमा ३१ हजार ८ सय २६ सक्रिय संक्रमित रहेका छन् ।