विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग

काठमाडौं । विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिन माग गरेबो छ।

समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।

हिन्दुहरुले परापूर्व कालदेखी असोज १ गते विश्वकर्मा पुजा र आराधना गर्दै आएका छन्। ’कलकारखाना, सिल्पि समुदाय, उद्योगहरु, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरु, निर्माण व्यवशायी, इन्जिनियर लगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजिक विदा दिन माग गरिन्छ।’ – विज्ञप्तिमा भनिएको छ।

ज्ञापनपत्र बुझाउन समितिका तर्फबाट तेजनरायण ठाकुर, विवेक शर्मा र नरेन्द्र ठाकुर, र अरुण शर्मा गृहमन्त्रालय पुगेका थिए।

Leave a Reply

ताजा समाचार

आजको मौसम

१ घन्टा अघि