कांग्रेस ललितपुरले वडा अधिवेशन २१ भदौ मै सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस ललितपुरले वडा अधिवेशन २१ भदौ मै सक्ने

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरले पार्टीको वडा अधिवेशन २१ भदौभित्रै सक्ने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले १८ भदौमा तोकिएको वडा अधिवेशन २३ भदौसम्म सक्न समयसीमा थपेका बेला ललितपुर कांग्रेसले २१ गतेभित्र वडा अधिवेशन सक्ने जानकारी गराएको छ ।

जिल्ला सभापति मदनबहादुर अमात्यले केन्द्रीय निर्वाचन समिति र जिल्ला निर्वाचन अधिकृतलाई बुधबार पत्र पठाउँदै ललितपुरका महानगर, नगर र गाउँपालिकाको वडा इकाई अधिवेशन २१ भदौमा सम्पन्न गर्ने जानकारी गराएका हुन् ।

कांग्रेसले वडा अधिवेशन १८-२३ भदौ र पालिका अधिवेशन २७-२९ भदौसम्म गर्न समयसीमा तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);