पहिरोका कारण धार्मिकस्थल पञ्चासे जाने सडक अवरोध, पर्यटन व्यावसायी मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पहिरोका कारण धार्मिकस्थल पञ्चासे जाने सडक अवरोध, पर्यटन व्यावसायी मारमा

मदन गिरी,
कास्की
। प्रसिद्ध धार्मिक, पर्यटकीय एबं सांस्कृतिक तीर्थस्थल पञ्चासे पुग्ने सडक खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । ठाउँ ठाउँमा गएको पहिरोका कारण स्थानिय पर्यटन व्यावसायी मर्कामा परेका छन् ।

समुन्द्र सतहबाट (२५१७ मि.) को उचाईरहेको उक्त स्थान पुग्ने सडकमा पहिरो जाँदा पर्यटन व्यावसाय गरेर बसेका स्थानिय समस्यामा परेका छन् । उक्त स्थान पुग्ने दुईवटा कच्ची सडक यसै वर्ष पहिरोले बगाईसकेको छ। जसका कारण पञ्चासे पदामार्ग बन्द हुने देखिन्छ भने होमस्टे ब्यवसाय यसको प्रत्यक्ष असरमा पर्ने देखिन्छ ।

पोखरा–काँडे–भदौरे–पञ्चासे–चित्रे–राम्जा सडकखण्ड पञ्चासे पर्यटन पदमार्ग को रुपमा चिनिन्छ । विगत केही बर्षदेखि नै यो पहिरोको उच्च जोखिममा छ।

स्याङ्जा,कास्की र पर्वत जिल्ला जोडिएको ठाउँ रहेको उक्त ठाउँमा पुग्ने बाटो भरी पहिरोका कारण जोखिम बढेको छ ।

अन्नपूर्ण –४ का वडाध्यक्ष भरतबहादुर केसीको पहलमा बैकल्पिक ग्रामीण सडक निर्माण गरेपछि मात्रै सडक सुचारु भएको थियो ।

यस वर्षको निरतर वर्षाका कारण पहिरोले आवतजावत नै बन्द हुने अबस्थामा छ। जोखिम बढ्दा पर्यटन लगायतका अन्य ब्यवसायिक गतिविधिमा असर पर्नुका साथै आधारभूत मानवीय सेवा,सामग्री ओसारपसारमा समेत समस्या हुने देखिन्छ ।

यस क्षेत्रबाट गएको पहिरोका कारण खहरे खोलाहरुले माटो लगेर फेवातालमा थुपार्दछ । यसर्थ पनि फेवातालको मुहान रहेको यस ठाउँलाई विषेश संरक्षण गर्नु पर्ने देखिन्छ । फेवाताल बचाउनका निम्ति र फेवाताल पुर्ने अबस्था अन्त्य गर्नका निम्ति पनि यो पहिरो नियन्त्रण जरुरी छ ।

सरकारले यस ठाउँको लागि कुनै पनि पहल नगरेको र स्थानीय तहसँग स्रोत र साधन प्रयाप्त नहुँदा सिंगो पसचे क्षेत्रनै संकटमा परेको छ ।

पहिरो रोकथाम नियन्त्रणमा लागिदिन गण्डकी प्रदेश सरकार,सम्बन्धित मन्त्रालय,संघीय सरकारलाई सहयोगको लागि स्थानीयले अनुरोध गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);