महिलाको नक्कली फेसबुक अकाउण्ट खोलेर बदनाम गर्ने युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

चितवन, १३ कार्तिक । फेसबुकमा नक्कली अकाउण्ट खोलेर महिला माथि र्दुव्यवार गर्र्नेे एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महिलाको तस्बिर एवम् फोन नम्बर राखेर अश्लिल कार्य गर्न सम्पर्क गर्नुहोला भने स्ट्याटस पोष्ट गरेको आरोपमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय नविन तिमिल्सिना पक्राउ परेका हुन् ।

तिमिल्सिनाविरुद्ध नक्कली फेसबुक बनाई महिलालाई बदनाम गर्ने उद्देश्यले अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनी मोबाइल नं र फोटो हालेको भनी केही दिनअघि नै लिखित उजुरी परेको प्रहरीले जनाएको छ ।

उनलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ।