देउवासँग भएको सहमतिको बिफ्रिङ गर्दै पौडेल पक्ष चाक्सीबारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

देउवासँग भएको सहमतिको बिफ्रिङ गर्दै पौडेल पक्ष चाक्सीबारीमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालय सानेपामा रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ ।

पौडेल पक्षका नेताहरुले शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी आफू निकट जिल्ला सभापतिहरुसँग छलफल गरेको हो ।

नेता पौडेलले शुक्रबार सभापति शेरबहादुर देउवालाई भेट गरेका थिए । देउवा र पौडेलको भेटवार्तामा महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाईहरुलाई सम्बोधन गर्नेबारे सहमति जुटेको थियो ।

शुक्रबार साँझ भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । जिल्ला सभापतिहरुसँगको चाक्सीबारको छलफलमा नेता पौडेलले ब्रिफिङ गर्दै आन्तरिक छलफलमा जुटेका हुन् ।

छलफलमा पौडेल पक्षका शीर्ष नेताहरुलगायत नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल लगायत थिए ।

शुक्रबार भएको भेटमा देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए । कांग्रेसले आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ । क्रियाशील सदस्यको नामावली विवाद अझै बाधा बनेको छ ।

जिल्ला सभापतिहरुको दबाव पछि कांग्रेसले शुक्रबार ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको छ भने २९ जिल्लाको बाँकी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);