बेलायतका चार वर्षीय राजकुमारलाई 'आइएसको धम्की' | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

एजेन्सी, १३ कार्तिक । बेलायती राजकुमार विलियम र राजकुमारी केटका चार वर्षीय छोरा राजकुमार जर्जलाई आतंककारी संगठन आइएसआइएसबाट धम्की आएको छ ।

बेलायती सञ्चारमाध्यम द सनले जनाए अनुसार टेलिग्राममा आइएसले राजकुमार जर्जको तस्बिर सार्वजनिक गरेको छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् । राजकुमार जर्ज भर्खरै मात्र विद्यालय जान सुरु गरेका छन् ।

इस्लामिक स्टेटले सामाजिक सञ्जालमा राजकुमार जर्जको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘स्कूल स्टार्ट्स अर्ली ।’

इन्टरनेट सर्भर फर्म सिगिलले वर्षको सुरुदेखि नै टेलिग्राम च्यानलहरू ट्र्याक गरेको छ, जसमा स्पष्ट धम्की देखिरहेको बताएको छ ।

 

बेलायती रोयल परिवारमा धम्की आएको यो पहिलो पटक भने होइन । सन् २०१५ मा पनि आइएसले बेलायती महारानीको ज्यान लिने धम्की दिएको थियो । त्यस्तै पछिल्लो महिना मात्रै राजकुमार ह्यारीलाई पनि आइएसले धम्की दिएको थियो ।

ताजा समाचार