मौसम परीवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मौसम परीवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढ्न थाले

बाजुरा । बाजुरामा पछिल्लो समय भाइरल ज्वरोका विरामी बढ्न थालेका छन । मौसम परिवर्तन भएसँगै बाजुराका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका विरामी बढ्न थालेका हुन् । अहिले कोरोना भाइरस संक्रमणको अवस्था सामान्य बन्दै गए पनि भाइरल ज्वरोका बिरामी बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका भाइरल ज्वरो र रुघाखोकीका विरामी स्वास्थ्य संस्थामा दैनिक परीक्षणका लागि आउनेको संख्यामा वृद्धि हुन थालेको छ । एक हप्तायता दिनमा सरदर २४ जनाभन्दा बढी भाइरल ज्वरो र रुघाखोकीका विरामी उपचारका लागि आउने गरेका कोटिला स्वास्थ्य चौकीका इन्चार्ज चाहना भाटले बताइन् । 

उनले बालबालिकादेखि वृद्धवृद्धासम्म ज्वरोका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका बताइन् । दैनिक उपचारका लागि स्वास्थ्य संस्थामा आउने बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, वाक्वाकी लाग्नेजस्ता लक्षण देखिएको छ ।

अस्पतालमा आउने बिरामीमध्ये वृद्धावृद्धालाई सामान्य लक्षण भएको र बालबालिकामा जटिलखालको समस्या देखिने गरेको स्वाथ्यकर्मीले बताएका छन् । पछिल्लो एक हप्तादेखि प्रत्येक दिन कुनै जटिल तथा कुनै सामान्य प्रकारका ज्वरोका बिरामी आउने गरेको स्वास्थ्य संस्थाले जनाएका छन् । 

दैनिक ज्वरो र खोकीको लक्षण भएका बालबालिका र महिलाहरु बढी स्वास्थ्य सेवा केन्द्रमा आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र कोटीलामा हालसम्म स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामाग्रीको अभाव नभए पनि बिरामीको सख्या दिन प्रतिदिन बढ्न थालेपछि औषधिको अभाव हुने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पनि सोहि समस्या देखिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका जनस्वास्थ्य निरीक्षण ओमजंग शाहीकाअनुसार दैनिक भाइरल ज्वरो र रुघाखोकिका बिरामी चेकजाँका लागि आउने क्रम वढेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले कोरोना हो वा होइन भन्नेबारे केही छुट्याउन सकिएन । 

बाजुराको उत्तरपूर्वी क्षेत्रका चारवटा स्थानीय तहको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अहिले दैनिक ६ देखि ९० जना सम्म उपचारका लागि आउने गरेका बताए । प्रायःजसो सबैमा भाइरल प्रकोप देखिएको शाहीले बताए । 

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका स्वास्थ्य संस्थामा पनि मौसमअनुसारका बिरामी देखिन थालेका छन् । मौसम परीवर्तनको समय भएकाले यसले खासै असर नपर्ने र यो समयमा यास्ता विरामी भेटिन स्वभाविक हुने स्वास्थ्यकर्मीले बताएका छन ।

यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जशी विकले सो सम्बन्धमा आफूलाई पनि जानकारी प्राप्त भएको बताए । उनले स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मी पर्याप्त मात्रामा भएको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);