बाँके । बाँकेको कोहलपुर नगरपालिकाले कारोना कहरका बिच पनि न्यूरोडको गोल पार्कमा निर्माणाधिन १० तलाको भ्यूटावर निर्माण कार्यलाई तिव्रता दिएको छ ।
पार्क निर्माणपछि कोहलपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा वृद्धि हुनुका साथै आर्कषणको केन्द्र बिन्दु हुने विश्वास लिइए पनि प्राविधिक पक्ष कमजोर रहेको भन्दै गुनासो आउन थालेको छ ।