एमालेको ‘तेस्रो धार’ का नेता बालकोटमा, ओलीलाई लास्ट अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

एमालेको ‘तेस्रो धार’ का नेता बालकोटमा, ओलीलाई लास्ट अल्टिमेटम

काठमाडौं । एमालेको ‘तेस्रो धार’ का नेता लास्ट अल्टिमेटम भन्दै बालकोटमा पुगेका छन् । पार्टी एकताका लागि भन्दै तस्रो धारका रुपमा जन्मिएका नेताहरुको समुह बालकोट पुगेको हो ।

एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त अन्तिम छलफलका लागी भन्दै पार्टी अध्यक्ष केपी शर्मावलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

एमाले विवाद समाधान गर्नका लागी बनेको वार्ता टोलिका सदस्य समेत रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गर्दै आए पनि माधव कुमार नेपाल पार्टी फुटाएर जाने प्रकृयामा अगाडि बढिसकेकाले पछिल्लो समय पार्टी अध्यक्ष ओली सकारात्मक देखिएका छैनन् । वलीले कार्वाही गरिएको १४ सांसदहरुको कार्वाही फिर्ता नहुने यसअघिनै बताइसकेका छन् ।

स्रोतका अनुसार चाँडैनै एमालेको स्थायी कमिटीको बैठक बसेर कार्यदलको माग पुरा गर्ने आश्वासन दिएको बुझिएको छ । तर एमालेले स्थायी कमिटीको बैठकको मिती भने तोकेको छैन । केन्द्रीय सदस्य र सांसद् गरेर ५७ जना रहेका तेस्रो धारका नेता अहिले अनिर्णयको बन्दिमा छन् । जसका कारण आफुलाई मध्यमार्गीका रुपमा स्थापित गराएका नेताहरु अलमलमा परेको देखिन्छ ।

Leave a Reply