अफगानिस्तानका विकेट किपर मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

अफगानिस्तानका विकेट किपर मोहम्मद साहजादले चितवनबाट ईपीएल खेल्ने

काठमाडाैं । अफगानिस्तानका आक्रामक ब्याट्सम्यान मोहम्मद साहजादले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । ३४ वर्षीय साहजादले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएका हुन् । चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै साहजादलाई अनुबन्धगरिएको जनाएको छ ।साहजाद यसअघि पनिचितवन टाइगर्समा आवद्ध थिए । तर, कोभिड –१९ को कारण ईपीएल स्थगित हुँदा उनी २०१९ मा नेपालआएर खेल्न पाएका थिएनन् ।

चितवनबाट पाकिस्तानकाअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपालकामीले गर्ने छन् ।चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरकाफ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपालक्रिकेट संघ (क्यान) ले मान्यता दिई सकेको छ ।

साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । छक्का प्रहार गर्ने छुट्टै शैली बनाएका विकेट किपर ब्याट्सम्यान साहजाद अफगानिस्तानलाई क्रिकेटको एउटा शक्ति बनाउदाका प्रमुख खेलाडी हुन् ।माथिल्लो क्रमका यी दाहिने हाते ब्याट्सम्यानले अफगानिस्तानलाई सन् २०१० देखिचार पटक ट्वान्टी–२० विश्वकपमा पुर्याउदा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

Leave a Reply