एमालेका यी ४३ उम्मेदवार : बृजेश गुप्ता देखि नवराज सिलवालसम्म (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १२ कार्तिक । नेकपा एमालेले माओवादीसँग अधिकांश स्थानमा सिट बाँडफाँड टुंग्यायसँगै प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौट सुरु गरेको छ। हिजो शनिबार एमाले र माओवादीका शीर्ष नेताहरु सहित कार्यदलको बैठक बसेर नमिलेका सिट बाँडफाँड गरेका हुन्।

दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिबार अबेरसम्म बसेको थियो।  प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बाँकी रहेको एमालेका एक सदस्यले बताएका छन्।

पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ। एमालेले सिट बाँडफाँड टुंगिएपछि सबैभन्दा पहिले समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने भएको छ। बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सूची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ।

समानुपातिक उम्मेदवारको टुंगो लगाउने क्रममै सर्वसम्मत भएर आएका क्षेत्रमा प्रत्यक्ष उम्मेदवारको पनि टुंगो लगाइने एमाले सचिव गोकर्ण विष्टले बताए।

 

अनौपचारिक टुंगो लागेका एमालेका उम्मेदवार

केपी शर्मा ओली, झापा ५
माधवकुमार नेपाल, काठमाडौं २
झलनाथ खनाल, इलाम १
सुवास नेम्वाङ, इलाम २
एलपी साँवा, झापा ४
ऋषिकेश पोखरेल, मोरङ २
भानुभक्त ढकाल, मोरङ ३
लालबाबु पण्डित, मोरङ ६
राजेन्द्र राई, धनकुटा
तेजमान कन्दङ्वा, तेह्रथुम
मन्जु चौधरी, उदयपुर १
जगन्नाथ खतिवडा, उदयपुपर २
गोकुल बास्कोटा, काभ्रे २
महेश बस्नेत, भक्तपुर २
कृष्ण राई,काठमाडौं ३
राजन भट्टराई, काठमाडौं ४
ईश्वर पोखरेल, काठमाडौं ५
रामवीर मानन्धर, काठमाडौं ६
नवराज सिलवाल, ललितपुर १
कृष्णलाल महर्जन,ललितपुर २
सुरेन्द्र पाण्डे, चितवन १
कृष्णभक्त पोखरेल, चितवन २
किसान श्रेष्ठ,तनहु १
केदार सिग्देल,तनहुँ २
खगराज अधिकारी,कास्की १
रविन्द्र अधिकारी, कास्की २
पद्मा अर्याल, स्याङ्जा २
तिलक महत, नवलपुर २
हृदयेश त्रिपाठी, परासी १
बिष्णु पौडेल, रुपन्देही २
बृजेशकुमार गुप्ता, कपिलबस्तु २
दलवहादुर राना, पाल्पा १
प्रदीप ज्ञवाली, गुल्मी १
गोकर्ण विष्ट, गुल्मी २
मेटमणि चौधरी, दाङ १
पशुपतिदयाल मिश्र, बाँके २
बामदेव गौतम, बर्दिया १
धु्रवकुमार शाही, सुर्खेत १
गरिमा शाह, कैलाली १
झपट रावल, कैलाली २
नारदमुनि राना, कैलाली ५
प्रेम आले, डोटी
भीमवहादुर रावल, अछाम १

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);